HOME
परिचयसंस्थाप्रकाशन कार्यक्रमसदस्यसम्पर्क
 

जयतु संस्कृतं धर्म भूतये, जयतु संस्कृतम राज भूतये ।
जयतु संस्कृतं राषट«भूतये, जयतु संस्कृतम विश्वभूतये ।।

‘जयतु संस्कृतम् ’

( संक्षिप्त परिचय)

श्री ५ को सरकारबाट मान्यता प्राप्त गैर सरकारी संस्था द.नं.२४२/०५५/०५६

‘जयतु संस्कृतम्’ संस्था स्थापनाको पृष्ठभूमि

द्वितीय विश्वयुद पछि प्रजातान्त्रिक आन्दोलनको विचार र भावनाले संसारलाई प्रभावित तुल्याइरहेको समयमा नेपाल पनि त्यस लहरबाट पृथक रहन सकेन । अतः प्रच्छन्न राजनीतिक भावनाका साथै शैक्षिक माग राखेर २००४ साल असार १ गते ‘जयतु संस्कृतम्’ आन्दोलन शुरु भएको थियो । त्यस आन्दोलनको ठूलो झट्काले तत्कालीन शासन र सत्तालाई गम्भीर धक्का दियो, फलतः नेपालको प्रजातन्त्रिक आन्दोलनमा ‘जयतु संस्कृतम्’ आन्दोलन एक अविस्मरणीय ऐतिहासिक घटनाको रुपमा देखा प–यो । त्यहि ऐतिहासिक आन्दोलन ५० औ वसन्तमा प्रवेश गरेको सन्दर्भमा वर्ष दिने कार्यक्रमका साथ ‘जयतु संस्कृतम्’ आन्दोलन २००४ स्वर्ण महोत्सव समारोह ०५४ भब्यताका साथ सम्पन्न गरियो । सोही समितिले तयार पारेको सातसूत्रीय कार्यक्रम अन्तर्गत ‘जयतु संस्कृतम्’ स्थायी संस्था खोल्ने निर्णय गरिएको हो र २०५५ असार १२ गते उक्त महोत्सवको समापन समारोहमा १३ सदस्यीय तदर्थ समितिको घोषणा गरिएको गरिएको थियो ।

सो तदर्थ समितिको विधान निमार्ण गरी ०५५ भाद्र २९ गते जि.प्र.का. काठमाडौंमा संस्था दर्ता गराई विधिवत् कार्यारम्भ गरेको थियो । यसको द.नं.२४२/०५५/०५६ छ । ०५६, जेठ २९, ३० मा प्रथम अधिवेशन गराई स्थायी समितिको निर्माण गरिएको हो ।

‘जयतु संस्कृतम्’ संस्थाको उदेश्य

संस्कृत वाङ्मय र संस्कृत वाङ्मयजन्य आर्य सभ्यताको संरक्षण, संवर्द्घन, पोषण र प्रचार प्रसार गर्ने तथा विधर्मीहरुको अतिक्रमणका विरुद्घ आवाज उठाउने उदेश्यले यो संस्था स्थापित भएको हो । कुनै समय पश्चिममा पाकिस्तान–अफगानिस्तानदेखि पूर्वमा कम्बोडिया, इण्डोनेशियामासम्म आफ्नो वर्चस्व स्थापित गर्न सक्षम भएको संस्कृत वाङ्मय र आर्यसभ्यता आज भारतीय उपमहाद्वीपममा मात्र होइन यसको मूल उद्–गम स्थल नेपाल भारतमै पनि उपेक्षित हुन थालेको जस्तो देखिएको छ । हामी राजनीतिक, आर्थिक, व्यापारिक, शैक्षिक एवं भाषिक रुपमा त क्रीतदास भइसकेको छौ । अब हामी सांस्कृतिक, धार्मिक र आध्यात्मिक रुपमा समेत दास बन्नु पर्ने अवस्थाको संघारमा उभिएका छौ । अब राजनीतिक उपनिवेश स्थापना गर्ने रणनीति त्यागेर सांस्कृतिक र भाषिक उपनिवेश खडा गर्ने दूरगामी र घातक रणनीति लिई विधर्मीहरु नेपालमा पैसाको बिटो लिएर प्रवेश गरेका छन्, हाम्रो गरीबीलाई आधार बनाएर आर्य संस्कृति माथि प्रहार गर्दैछन् । अतः हामी बेलैमा सचेत हुनुपरेको छ । यसैले संस्कृत वाङ्मय, वैदिक सभ्यता, धर्म संस्कृति र परम्पराप्रति सामाजिक आस्था र विश्वास पुनः जागृत गराई हाम्रो प्राचीन मूल्य र मान्यताको संरक्षण, संवर्द्घन, एवं प्रचार प्रसार गर्ने उदेश्य लगायत निम्नलिखित उदेश्यसमेत यस संस्थाले लिएको छ ।
(क) संस्कृत वाङ्मय र संस्कृतको आवश्यकता एवं महत्वबारे देश व्यापी रुपमा प्रचार प्रसार र संरक्षण संवर्द्घन गर्ने/ गराउने ।
(ख) देशमा सांस्कृतिक पुनर्जागरणका निमित्त विविध सांस्कृतिक सामाग्रीको संकलन र अनुसन्धान गरी ग्रन्थ–प्रकाशन तथा अन्य विभिन्न कर्यक्रम गर्ने/ गराउने ।
(ग) सान्दर्भिक सामाग्रीहरु संस्कृतबाट नेपालीमा र अन्य भाषाहरुमा संस्कृत भाषामा अनुवाद गर्ने / गराउने ।
(घ) राष्ट« भाषा शुध्द लेख्न, बोल्न र आफ्नो धर्म संस्कृतिबारे आस्था र विश्वास जगाउन माध्यामिक विद्यालय तह सम्म संस्कृत अनिवार्य गराउन सरकारलाई सघाउने ।
(ङ) ‘जयतु संस्कृतम्’ स्वर्ण महोत्सव समारोह समितिद्वारा शुरु गरिएको ‘उतर महाभारत’ ग्रन्थ तयार गर्ने जस्ता महत्वपूर्ण ग्रन्थ लेख्ने कार्यलाई अगाडि बढाउदै लैजाने ।

Introduction | About Us | Publications | Programs | Members | Contact Us

copyright©2003 jayatusanskritam.com ALLRIGHTS RESERVED
Web Design & Website Development by MountDigit