‘जयतु संस्कृतम्’ भनेको के हो?
‘जयतु संस्कृतम्’को अर्थ संस्कृत वाङ्मयको जय होस् भनिए को हो ।
संस्कृत वाङ्मयको जय होस् भनिएको संस्कृत भाषामा आबद्घ सर्वजनीन
कुराहरु अर्थात सह अस्तित्व, विश्वबन्धुत्व, विश्वशान्ति, पारस्पिरक
सहयोग, सद्भावना, धार्मिक सहिष्णुता आदि भावनाका जय होस् भनिएको
हो । अथार्त् ति भावना कार्यान्वित होउन् संस्कृत विद्याले बताएका
कुराहरु लोक व्यवहारमा आउन्, वैदिक वाङ्मयको कल्याणकार ज्योतिले
वर्तमान विश्वलाइ शान्ति, सृजना र विश्व बन्धुत्व ( यत्र विश्वं
भवत्येकनीडम् वेद ) को शीतल छहारीमा प्रदान गरोस् भन्ने तात्पर्य
हो । सनातन धर्मको, प्रजावत्सल राजाको, पवित्र जन्मभूमिको कल्याण
र अभ्युत्थान होस् भन्ने आदर्श भावनाको शङ्खघोष नै जयतु संस्कृतम्
आन्दोलनको सन्देश हो । नेपालको मात्र होईन हरेक व्यक्ति, समाज, राष्ट«
र विश्वले आ–आफ्नो अस्तित्व राख्न पाउनु पर्छ, ‘स्व’ को पहिचान दिन
सक्नुपर्छ एक अर्कामाथि थिचो मिचो हुनुहुँदैन, स्वतन्त्रता र समानताका
आधारमा सबैले आ–फ्नो अस्तित्वको उपयोग गर्न पाउनु पर्छ भन्ने आन्दोलनको
नाम ‘जयतु संस्कृतम् ’ हो । यसैकारण ‘जयतु संस्कृतम् ’ कुनै भाषा
जात र जातिको नारा होइन, यो त विश्व मानवको समुन्नित, शान्ति र कल्याणकारी
कार्यको निम्ति एक भएर अघि बढौ भन्ने आह्वान र विचार हो । ‘जयतु
संस्कृतम् ’ को नारा सर्व प्रथम वि.सं. २००४ सालमा काठमाडौं स्थित
संस्कृत प्रधान पाठशालाका विद्यार्थीहरुले घन्काएका थिए ।