HOME
परिचयसंस्थाप्रकाशन कार्यक्रमसदस्यसम्पर्क
 

‘जयतु संस्कृतम्’ संस्थाका कार्यक्रम
‘जयतु संस्कृतम्’ संस्था (क) दीर्धकालीन (ख) अल्पकालीन, (ग) सामयिक र (घ) वार्षिक कार्यक्रम तर्जुमा गरी कार्यान्वयनका चरणहरु पार गर्दै अगाडि बढिरहेको छ ।

(क) दीर्धकालीन कार्यक्रम
‘जयतु संस्कृतम्’ अविच्छिन्न उत्तराधिकारवाला स्व–शासित गैरसरकारी संस्था हो ।
अतः यो संस्था सबैको सहयोग र सदभावना लिएर अगाडि बढ्न चाहन्छ ।
नेपाल प्राचीन कालदेखि नै संस्कृत वाङ्मयको उद् गम भूमिको रुपमा रहदै आएको छ । लिच्छवीकाल, मल्लकाल, शाहकालमा पनि नेपालमा हजारौ संस्कृतका ग्रन्थहरुको रचना भएको पाइन्छ । अतः संस्कृत वाङ्मयको संरक्षण, संवर्द्घन, प्रचार प्रसार गर्न विविध कार्यक्रममा संचालन गर्नु यस संस्थाको र्दीघकालीन लक्ष्य हो त्यस्तै संस्कृत वाङ्मयको संरक्षण, संवर्द्घन, प्रचार प्रसारका लागि समान उदेश्यका अन्य संघ संस्थाहरुसित समेत मिलेर ‘नेपाल–ससंस्कृत–प्रज्ञा प्रतिष्ठानको गठन गराई त्यसका माध्यमबाट संस्कृत वाङ्मयको उत्थानमा संस्कृतका विद्ववानहरुलाई परिचालन गर्नु यसको अर्को लक्ष्य हो । संस्कृतका विद्ववानहरुलाई प्रकाशित कृतिका आधारमा प्रत्येक वर्ष ‘जयतु संस्कृतम्’ पुरस्कारद्वारा पुरस्कृत गर्दै जाने, प्रत्येक वर्ष संस्कृत– कवि सम्मेलन गर्ने, संस्कृतको ग्रन्थको प्रकाशन गर्ने, पत्रिका प्रकाशन गर्ने, संस्कृतका नाटकको रचना तथा मञ्चन गर्ने प्रक्रियालाई अगाडि बढाउदै संस्कृतमा श्रव्यदृश्य सामाग्री उत्पादन गर्ने जस्ता कार्यक्रम पनि रहेका छन् ।


(ख) अल्पकालीन कार्यक्रममा
छोटो समयमा सम्पन्न गर्न सकिने कार्यक्रम यसमा पर्दछन्। ‘संस्कृत भषा प्रशिक्षण’ धर्म, दर्शन, संस्कृति सम्बन्धी प्रशिक्षण, ‘जन चेतना अभियान’ जस्ता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य संस्थाले राखेको छ ।


(ग) समसामयिक कार्यक्रम
यस संस्थाले विभिन्न समय सन्दर्भ र परिस्थिति अनुसार, विभिन्न कार्यक्रमको आयोजना गर्ने लक्ष्य राखेको छ । विचार, गोष्ठी, छलफल, अन्तरक्रिया चाडपर्व, उत्सवअनुसार धार्मिक–दार्शनिक प्रवचनको आयोजना गर्ने/ गराउने लक्ष्य संस्थाले राखेको छ ।

(घ) वार्षिक कार्यक्रम
विभिन्न किसिमका कार्यक्रमलाई योजनाबद्ध तरिकाले वार्षिक कार्यक्रमको तालिका बनाई संचालन गरिनेछ । वार्षिक साधारण सभा, ‘जयतु संस्कृतम्’ दिवस ( असार १ मा ) जयतु संस्कृतम् पुरस्कार वितरण, संस्कृत– कवि सम्मेलन संस्कृत–संस्कृति विषयक विचारक गोष्ठी, संस्कृत भाषा प्रशिक्षण जस्ता कार्यक्रमलाई वार्षिक कार्य तालिका बनाई सञ्चालन गरिनेछ ।

(ङ) ‘जयतु संस्कृतम्’ संस्थाका शाखा
जयतु संस्कृतम् का हाल सम्म देशका विभिन्न भागमा एक दर्जन भन्दा बढी शाखा समितिहरु गठन भइसकेका छन् । काठमाडौं, धरान, विराटनगर, जनकपुर, देवघाट, तनहुँ, चुँदी, दमौली, पोखरा, दाङ, रिडी, स्याङजा, धनगढी, आदि ठाउँमा र विदेशक्षेत्रमा बनारसमा समेत यसका शाखा समितिहरुको गठन भइसकेको छ ।

‘उत्तरमहाभारत’ ग्रन्थ निर्माण योजना

जयतु संस्कृतम् आन्दोलन २००४ स्वर्ण महोत्सव समारोह, वर्ष (०५४) मा प्रारम्भ गरी दश वर्षमा पूरा गर्ने लक्ष्य राखी उत्तरमहाभारतमा ग्रन्थ निर्माण योजना सञ्चालन गरिएको छ । यस न्युनतम १८ पर्व एक लाख श्लोक र अधिकतम ३६ पर्व, दुई लाख श्लोक रहन सक्नेछन् । महाभारत समयपछिको आर्यावर्तको सभ्यता, संस्कृति चिन्तन, महापुरुषहरुको चरित्र आदि र विश्वकै सभ्यता, संस्कृति चिन्तन, दर्शन र मानव सभ्यताका उपलब्धिहरुलाई यस विशालकाय ग्रन्थमा समाविष्ट गरिने लक्ष्य राखिएको छ । हाल सम्म जैनपर्व, बौद्धावतारपर्व, नेपाल पर्व र जापान पर्वका करिब ३० हजार श्लोक तयार भइसकेको छन् ।

अक्षयकोष–संस्थापन एंव भवन–निर्माण योजना

यो संस्था आफ्ना कार्यक्रमलाई निरन्तरता दिन र संस्थालाई जीवन्तः बनाउन एक अक्षयकोष र आफनै कार्यलय भवन बनाउन प्रयत्न गरिरहेको छ । हाल १० लाखको एक अक्षयकोषको स्थापना गरिएको छ र यस रकमलाई बढाउदै लैजाने नीति र कार्यक्रमसमेत अवलम्बन गरिएको छ । आजीवन सदस्यताको रकम पनि अक्षयकोषमै राख्ने निर्णय गरिएको छ ।

Introduction | About Us | Publications | Programs | Members | Contact Us

copyright©2003 jayatusanskritam.com ALLRIGHTS RESERVED
website designed & hosted by MountDigit